Press Release Road Expansion

मितिः २०७५ असोज २४ गते
प्रेस विज्ञप्ती
गैर कानुनी कार्यको विरोध गर्दा महानगरीय प्रहरी वृत्त, कमलपोखरीले आज बालुवाटारबाट धर पकड गरी गैर कानुनी तरिकाले महेश कारान्जित, पञ्चराज महर्जन लगायतलाई पक्राउ गरेकोमा यस आदिवासीहरुको मानवअधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) को ध्यानाकर्षण भएको छ, साथै का.म.न.पा. वडा नं. ४ का अध्यक्ष मोहन बहादुर विष्टले पदिय दुरुपयोग गरी गरेको व्यबहार प्रति पनि ध्यानाकर्षण भएको छ ।
सम्मान पूर्वक बाँच्न पाउने हक, सम्पत्तीको हक, आवासको हक मौलिक हकहरु हुन । यसै विषयलाई लिएर काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितीले लामो समय देखी गैर कानुनी सडक विस्तार विरुद्घ संघर्ष गरी आएको छ । साथै सम्मानीय श्री सर्वोच्च अदालतले यस विषयमा विना सूचना, विना उचित मुआब्जा तथा क्षतिपूर्ति कुनै पनि विकास कार्य अघी नबढाउनु भनि फैसला गरेको छ । साथै महिला, बालबालिका, अपाङ्ग तथा बृद्घ बृद्घाको विशेष ख्याल राख्नु पर्ने पनि सो आदेशमा उल्ल्ेख छ ।
आज का.म.न.पा. वडा नं. ४ बालुवाटारमा विना सूचना, कानून विपरित तथा सर्वोच्चको फैसला विरुद्घ गरिएको सडक विस्तार विरुद्घ विरोध गर्दा पदिय तथा अख्तियारको दुरुपयोग गरी विना कसुर थुनामा राख्ने र राख्न लगाउने दुवै प्रति खेद प्रकट गर्दछ ।
त्यसैले थुनामा रहेकालाई विना शर्त रिहा गर्न र यस प्रकारको कार्य पुनः नदोहो¥याउन पनि आग्रह गर्दछ ।

शंकर लिम्बू
सचिव
लाहुर्निप

Download & Print