मिति २०८१ माघ ४ गते
प्रेस विज्ञप्ती
कानून व्यवसायीमाथि भएको हमलाको दोशीलाई कारबाही गर ।
मिति २०८१ साल माघ २ गतेका दिन वरिष्ठ अधिवक्ता श्री दिनेश त्रिपाठीमाथि सहकारी पीडितहरुको पक्षबाट अदालतमा बहस गरेको भन्दै गरिएको हुलहुज्जद, हातपात तथा अभद्र व्यवहारप्रति नेपालका आदिवसासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)को गम्भीर ध्यानाकर्षण भएको छ । सो घट्ना कानूनी दृष्टिमा आपराधिक, विधिको शासन, सक्षम, स्वतन्त्र न्यायपालिका, स्वतन्त्रता, न्याय तथा मानवअधिकार उपरको प्रहार भएको ठहर गर्दै त्यस प्रकारको अवान्छाीत कृयाकलापको हामी घोर भत्र्सना गर्दछौं ।
कानून ब्यावसायीहरुले न्याय सम्पादनको सन्दर्भमा बहस पैरबी गर्न पाउने स्वतन्त्रतालाई विश्वका सबै संविधान तथा मानव अधिकारका कानूनहरुले स्वीकारेको र संरक्षित गरेको बिदितै छ । विधिको शासनलाई अवरुद्ध गर्ने, आफ्ना बाहेक अरुको पक्षमा बहस पैरवी गर्न बन्देज लगाउने कार्य आफैमा अशोभनीय र अराजकताको द्योतक भएकोमा दुईमत छैन । उल्लिखित घट्नामा रास्वपाका समर्थकहरुको संलग्न रहेको संचारमाध्यमहरु (श्रब्य, दृष्य, प्रिन्ट तथा सामाजिक संजाल) मार्फत जानकारीमा आएको छ । विधिको शासन र लोकतन्त्रलाई कमजोर बनाउने र कानून हातमा लिने यस प्रकारको कृयाकलाप जुनसुकै व्यक्ति, दल र समुहबाट भए गरेका भएतापनि आफैमा दुखदः र निन्दनीय छ । यस प्रकारका कार्य जोसुकै व्यक्ति, समुह र दलको आँडमा गरिएको भएता पनि दोशीलाई तत्काल पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्याउन नेपाल सरकार तथा सम्बन्धित निकायलाई हामी माग गर्दछौं । यस्ता घट्नाका दोषीहरुलाई बचाउ गर्ने र कानूनी कारबाहीबाट उन्मुक्ति दिइएमा गलत नजिर स्थापित हुने र भविष्यमा अराजकता फैलने र कानुनी शासन कमजोर हुने तर्फ पनि हामी ध्यानाकर्षण गराउन चाहन्छौं ।
साथै बरिष्ठ अधिबक्ता त्रिपाठीमाथि भएको हमलाको विरुद्धमा कानून ब्यावसायीहरुको साझा संस्था नेपाल बार एशोसियनले लिने कानूनी कदमहरु प्रति यस संस्थाको ऐक्यबद्धता रहने छ र विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा मानव अधिकारमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुलाई यस घट्नाका दोषीलाई कानूनी कारबाही गराउन र भविष्यमा यस्ता घट्ना दोहोरिन नदिन निरन्तर अध्ययन, अनुगमनको लागि समेत आव्हान गर्दछौं ।
सचिब
भिम राई