प्रेस विज्ञप्ती आदिवासी मानवअधिकार प्रतिरक्षक

आदिवासी मानव अधिकार प्रतिरक्षक तथा पत्रकार आस गुरुङ माथी मिती २०७७ असार १८ गते समचार प्रकासनको विषयलाई लिएर बेसीशहर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष गोविन्द बस्नेतले सार्वजनिक स्थानमा बोलाई हात पात तथा गालीगलौज गरेको प्रति यस नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समूह (लाहुर्निप) भत्र्सना गर्दछ ।
गुरुङका अनुसार खोज पत्रकारिता केन्द्रमा प्रकाशित 󠅚“सक्नेले अनुदान लगे, हामीलाई कसैले सोधेन” समचारको विषयलाई लिएर दिनको ठीक १२ः४० बजे बेसीशहर न.पा. वडा नं. ८ मा अवस्थित जनप्रेमी छापाखानामा भएको बखत निज बस्नेत मास्क लगाएर आई गुरुङलाई बाहिर सडकमा बोलाई, बाईकको हेलमेट र चाँबी खोसी हात पात गरेको थियो । मेरो विषयमा किन समचार लेखेको भनि गालीगलौज गरेको थियो । साथै मेरो फोन नउठाउने भनि पख तलाई जानेको छु हेर्दै जा भन्ने धम्की समेत दिएको बताए र आफू असुरक्षित भएको प्रतिरक्षक आस गुरुङ बताए ।
समचार छापिएको विषयमा चित्त नबुझेमा कानूनी प्रक्रियाहरु छन् । जन प्रतिनिधी भएर मानव अधिकार प्रतिरक्षक माथी हातपात गर्ने तथा गालीगलौज गर्ने कार्य गैर कानूनी र फौजदारी प्रकृतिको भएकोले जिल्ला प्रहरी कार्यालयमा उजरी समेत परि सकेको छ । साथै यस घटनाले स्वतन्त्रताको हक नै कुन्ठित गरेको छ ।
यस घटनाको निश्पक्ष छानविन गरी दोषी उपर कारवाही गर्न जिल्ला प्रहरी कार्यालय लम्जुङलगायत सम्बन्धित षक्षलाई लाहुर्निप अनुरोध गर्दछ । साथै आदिवासी मानवअधिकार प्रतिरक्षकलाई पहिचान गरी प्रतिरक्षकहरुले सुरक्षित महसुस गर्ने वातावरण बनाई दिनु हुन सम्बन्धित पक्षलाई अनुरोध गर्दछ ।

........
(शंकर लिम्बू)
सचिव

Download & Print