​​​​​​​प्रेस–विज्ञप्ति पश्चिम रुकुममा अन्तर्जातीय विवाह

मितिः १४ जेठ, २०७७

गत १० गते २०७७ पश्चिम रुकुममा अन्तर्जातीय विवाहको विषयलाई लिएर भएको दुर्भाग्यपूर्ण घटना प्रति नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) गहिरो दुख प्रकट गर्दछ ।

उक्त घटनामा पश्चिम रुकुम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाईबाट  जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यू भएको र गाउँलेको आक्रमणबाट बच्न भेरी नदीमा हाम फाल्दा उस्का साथीहरूको ज्यान गएको खवरहरु विभिन्न पत्रपत्रिका प्रकाशित भएको कुराले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

कथित उच्चजातको केटी र दलित समुदायको केटा बीच बिवाहको सन्दर्भमा भएको उक्त घटना चरम जातीय विभेद् र अमानवीयताको पराकाष्ठ हो । नेपालको संविधानले जातीय विभेदको अन्त्य गरेको छ । संविधानको धारा २४ बमोजिमको छुवाछूत तथा भेदभाव विरुद्धको हक, धारा १८ बमोजिमको समानताको हक, धारा १६ बमोजिमको सम्मानपूर्वक बाँच्न पाउने हक, जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ तथा नेपाल पक्ष भएको सबै किसिमका जातीय भेदभाव उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६५ विपरीत यस घटनालाई निष्पक्ष छानविन तथा अनुसन्धान गरी घटनामा संलग्न दोषी सवैलाई प्रचलित कानून बमोजिम कारबाही गरि पीडित पक्षलाई न्याय र क्षतिपुर्ति दिलाउन नेपाल सरकारलगायत मातहतका सम्बन्धित सबै निकायहरुलाई आग्रह गर्दछौ ।

 

शंकर लिम्बु

सचिव

Download & Print