काठमाडौं उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको प्रदर्शन

मितिः २०७४ भाद्र २१ गते

 

प्रेस विज्ञप्ती

काठमाडौं उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले मिति २०७४ भाद्र २१ गतेका दिन काठमाडौंको बबरमहलमा आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको लाठीचार्जबाट विद्या श्रेष्ठलाई घाईते बनाएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

काठमाडौं उपत्यका(स्वनिगः)मा विकासको नाउँमा भएका सडकविस्तार लगायतका कार्यले काठमाडौंका नेवाः तथा स्थानीय समुदायको धनसम्पत्तिको क्षति हुनुका साथै सुकुम्बासी समेत हुनेछन् । स्वनिगः नेवाःहरुको परम्परागत भूमि हो, त्यसैले उनीहरुको स्वनिगःसँग साँस्कृतिक, धार्मिक, आध्यात्मिक तथा जिविकोपार्जनको सम्बन्ध रहेको छ । सडकविस्तार लगायतको वाह्य चक्रपथ, स्याटलाइट सिटिले उनीहरुलाई प्रत्यक्ष रुपमा स्वनिगःबाट विस्थापन गर्ने र बाँच्न पाउने अधिकार हनन् हुनेछ ।

राज्यले संविधानद्वारा प्रदत्त मौलिक हकको वेवास्ता गर्दै जबरजस्ती विकासको नाममा विनाश गर्न लागिएको देखिन्छ । मौलिक हकको संरक्षणको लागि गरिएको शान्तिपूर्ण प्रर्दशनमा लाठीचार्ज गरी नेपालको संविधानको धारा १७(ख) शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको हक हनन् गरेको छ ।

यसरी मानवअधिकार विरुद्घ भएको कार्य पुनः नदोहो¥याउन र दोषीलाई कारबाही गर्न पनि यस संस्था राज्यको ध्यानाकर्षण गर्दछ ।

 

.....................

शंकर लिम्बू

सचिव

Download & Print