माडीका चेपाङको रीट निवेदनमा कारण देखाउ आदेश र यथास्थितिमा राख्ने अन्तरिम आदेश

  • News Date: July 31, 2020 | Post By LAHURNIP

साउन १६, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विरुद्घ माडी नगरपालिका वडा नं. ९ कुसुमखोलाका चेपाङलाई जवरजस्ति विस्थापनको रोकथाम तथा पुनः नदोहोरिने प्रत्याभूति (आवासको हक)लाई लिएर दर्ता गरेको रीट निवेदनमा कारण देखाउ आदेश जारी भएको छ । साथै सम्पूर्ण कार्य यथास्थितिमा राख्ने अन्तरिम आदेश जारी भएको छ ।

मिति २०७७ साउन ३ गतेका दिन राष्ट्रिय निकुन्ज कार्यालयका कर्मचारीसमेत भई २ वटा घरमा आगो लगाई दिएको र ८ वटा घरमा हात्ती प्रयोग गरी भत्काईदिउको थियो । जस्ले गर्दा १० घरधुरी चेपाङहरु घरबार विहिन भएका थिए । साथै जंगलमा दैनिक उपभोगका खानेकुरा खोज्न गएका चेपाङ युवकलाई निकुन्जमा खटिएका सैनिकले निर्मम रुपमा कुटपिट गर्दा सो युवकको मृत्यू भएको थियो । यसै विषयलाई लिएर राजु प्रसाद चापागाई समेत १५ जनाले मन्त्रि परिषदको कार्यालयसमेत १७ प्रत्यार्थीलाई विपक्षी बनाई मिति २०७७ साउन १३ गते जवरजस्ति विस्थापनको रोकथाम तथा पुनः नदोहोरिने प्रत्याभूति (आवासको हक)लाई आधार मानी परमादेश लगायत अन्य उपयूक्त आदेश जारी गरी पाउँ भनी रीट निवेदन सर्वोच्च अदालतमा दर्ता गरेको थियो । २०७७ साउन १५ गते माननीय न्यायधीस श्री टंक बहादुर मोक्तानको एकल इजलासमा दैनिक पेशी सुची चढी वहस पश्चात सो आदेश भएको हो ।

सो मुद्दामा लाहुर्निपका तर्फबाट अधिवक्ताहरुले बहस गरी सहयोग गर्नु भएको थियो ।