अर्को सूचना जारी नभएसम्म कार्यालय बन्द हुने सूचना

  • News Date: March 29, 2020 | Post By LAHURNIP

संसारभर संक्रमणको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) ले विश्वमा महामारीको रुप लिएको छ । नेपाल सरकारले पनि लकडाउन घोषणा गरेको अवस्था छ । यस नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) ले मिति २०७६ चैत्र ११ गतेबाट १४ गतेसम्मलाई कार्यालय बन्द हुने सूचना चैत्र १० गते जारी गरेको थियो । तर हालको अवस्थालाई मध्येनजर गर्दै अर्को सूचना जारी नभएसम्म यस लाहुर्निपले पनि आफ्नो दैनिक कार्य घरमा नै बसी गर्नेगरी कार्यालय बन्द रहने सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ ।

 दृष्टव्यः अत्यावश्यक कार्य भएमा निम्न व्यक्तिलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

शंकर लिम्बु (सचिव) ९८५१००७९३२
टहल थामी (निर्देशक) ९८५११७७६८१

मितिः २०७६ चैत्र १६  

..................
(शान्ति कुमारी राई)
अध्यक्ष