NHRC Press Release

  • News Date: August 09, 2016 | Post By LAHURNIP

राष्ट्रिय मानवअधिकार आयोगले विश्व आदिवासी दिवसको अवसरमा २०७३/०४/२४ गतेका दिन आइएलओ महासन्धि कार्यान्वयन सम्बन्धी मस्यौदा राष्ट्रिय कार्ययोजनाको सम्बन्धमा विभिन्न सरकारी निकाय, आदिवासी जनजाति अधिकारकर्मी तथा सांसदबीच आयोगको कार्यालयमा छलफल कार्यक्रमको आयोजना गरेको छ । सरकारले आइएलओ महासन्धि १६९ लाई अनुमोदन गरेको एक दशक भइसकेपनि कार्ययोजना मस्यौदा स्वीकृत हुन नसक्दा आदिवासी जनजातिहरुको मानवअधिकार संरक्षण र संवद्र्धन प्रभावकारी रुपमा हुन नसकेको यर्थाथता हामी सामु छ । उक्त कार्यक्रममा आयोगका पदाधिकारी लगायत उपस्थित सबैले खाका राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा जोड दिएका थिए । 

http://www.nhrcnepal.org/nhrc_press_release_details-367.html