Press Release Biken Limbu

  • Posted Date: August 19, 2018


मितिः २०७५ भदौ २
प्रेस विज्ञप्ती

सरकारले हालै कार्यान्वयनमा ल्याएको कानून, विशेष गरी राष्ट्रिय जनावर, प्रति आफ्नो असहमति जनाउँदै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका बिपिन लिम्बूलाई पक्राउ गरी हिरासतमा राखिएकोप्रति नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समूह (लाहुर्निप)को ध्यानाकर्षण भएको छ । 
नेपालको संविधान २०७२ प्रदत्त विचार र अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार कुण्ठित गर्ने राज्यको रबैया चिन्ताजनक तथा गम्भीर प्रकतिको छ । यस प्रकारको राज्यको काम कारबाही लोकतन्त्र, विधिको शासन र मानव अधिकारको बिलकुल खिलाप रहेको छ । अर्कोतर्फ मुलुक लोकतान्त्रिक गणतन्त्रमा गठन भएको सरकारले निरंकुश पंचायती व्यवस्था तथा एकतन्त्रीय राजशाही व्यवस्थाको जस्तो कानूनको झल्को दिने गरि यो कार्य गरिनु आश्चर्यजनक तथा खेद्पूर्ण छ ।  
तसर्थ, हिरासतमा रहेको बिपिन लिम्बूलाई अविलम्ब रिहा गर्न र यस प्रकारको क्रियाकलाप नदोहोयाउन सम्बन्धित निकायहरुलाई सचेत गर्दछौं । 


..............
शंकार लिम्बू
सचिव
 

Download File