Press Release

  • Posted Date: March 28, 2018

मितिः २०७४ चैत्र १३ गते
प्रेस विज्ञप्ती 
उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले आज २०७४ चैत्र १४ गतेका दिन काठमाडांैको माइतीघर मण्डलामा आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले हस्तक्षेप गर्दा छ जना घाइते तथा १४ जनालाई नियन्त्रणमा लिएको प्रति नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समुह (लाहुर्निप)को ध्यानाकर्षण भएको छ ।
झडपका क्रममा घाइते भएकाहरु विद्या श्रेष्ठ, राजु मानन्धर, विजय रत्न , वइजु वाइबा, विष्णुभक्त महर्जन र थप एक जनाको हाल वानेश्वर स्थित एभरेष्ट हस्पिटलमा उपचार भइरहेको छ भने पक्राउ परेकाहरु मध्ये कृष्ण मानन्धर, गणपतिलाल श्रेष्ठ, श्याम कृष्ण प्रजापति, विष्णु भक्त महर्जन, रविन पाण्डे, रमेशमान पिया, मोहन बस्नेत, पवित्र कसजु, महेश कारन्जित, गौतम मानन्धर, जोग बहादुर महर्जन, विष्णु भक्त महर्जन, उत्तम कुमार बज्राचार्यलाई महानगरीय प्रहरी वृक्त नयाँबानेश्वर र राजाबाबु श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त अनामनगरमा राखिएको छ । 
काठमाडौं उपत्यका(स्वनिगः)मा भएको सडक बिस्तारलगायतका विकासका कार्यले यहाका नेवाः तथा स्थानीय समुदायको धनसम्पत्तिको क्षति हुनुका साथै सुकुम्बासीसमेत भएका छन् ।  स्वनिगः नेवाःहरुको परम्परागत भूमि हो, त्यसैले उनीहरुको स्वनिगःसँग साँस्कृतिक, धार्मिक, आध्यात्मिक तथा जीविकोपार्जनको सम्बन्ध रहेको छ । सडक बिस्तारलगायत वाह्य चक्रपथ, काठमाडौं तराई फास्ट ट्रयाक तथा स्याटलाइट सिटिले उनीहरुलाई प्रत्यक्ष रुपमा स्वनिगःबाट विस्थापन गर्ने र बाँच्न पाउने अधिकार हनन् हुनेछ । 
राज्यले नागरिकहरुको संविधान प्रदत्त मौलिक हकको वेवास्ता गर्दै जबरजस्ती विकासको नाममा विनाश गर्न लागिएको देखिन्छ । मौलिक हकको संरक्षणको लागि गरिएको शान्तिपूर्ण प्रर्दशनमा धरपकड, लाठीचार्ज गर्ने, अंश्रु ग्याँस तथा पानीको फोहोरा प्रहार गरी नेपालको संविधानको धारा १७(ख) शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको हक समेत हनन् भएको  छ । शान्तिपूर्ण आन्दोलनमा सहभागी निहत्था जनतालाई थुनामा राख्न गैरकानूनी कार्य हो ।
यसरी मानवअधिकार विरुद्घ भएको कार्यहरु पुनः नदोहो¥याउन, घाइतेहरुको उपचार गर्नुका साथै थुनामा रहेकाहरु तत्काल रिहा गर्न राज्य तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छांै । 

.....................
शंकर लिम्बू
सचिव
 

Download File