प्रेस वक्तब्य: विश्व आदिवासी दिवस, २०७४

  • Posted Date: August 09, 2017

९ अगस्ट, २०१७           

  प्रेस वक्तब्य

पहिचान र अधिकारका लागि संघर्षरत विश्वका सम्पूर्ण आदिवासी साथै गैरआदिवासी समुदायप्रति नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) विश्व आदिवासी दिवस, २०७४ को अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछ ।

प्रत्येक वर्ष अगष्ट ९ का दिन विश्वभरका आदिवासीले हर्षोल्लासका साथ मनाउने यस विशेष दिनको यस वर्षको संयुक्त राष्ट्रसंघको नारा '10th Anniversary of  United Nations Declaration on the rights of Indigenous Peoples' रहेको छ । सन् २००७, सेप्टेम्बर १३ का दिन संयुक्त राष्ट्रसंघको  साधारणसभाद्वारा पारित यो घोषणापत्र आदिवासीको अधिकारसम्बन्धी विस्तृत अन्तर्राष्ट्रिय दस्तावेज हो । यसले आदिवासीको अस्तित्व, आत्मसम्मान र कल्याणका लागि न्यूनतम मापदण्ड सहितको विश्वव्यापी रुपरेखा तयार गर्दछ । त्यसैगरी घोषणापत्रले पहिल्यै स्थापित मानवअधिकारको मापदण्ड तथा आधारभूत स्वतन्त्रतालाई व्याख्या गर्ने कार्य गर्दछ ।

यस घोषणापत्र पारित भएको एक दशकको अन्तरालमा आदिवासीको अधिकार संरक्षण र संम्बर्धन गर्ने कार्यमा केही उपलब्धि हासिल भएको छ । तथापी आदिवासीको पहिचान स्थापित गरी उनीहरुको हक, अधिकारको क्षेत्रमा कार्य गर्न अझ धेरै बाँकी छ । विश्वका विभिन्न देशहरुमा छरिएर रहेका आदिवासी समुदायहरु गत वर्ष पनि मानवअधिकार हननका विभिन्न घटनाहरुबाट प्रताडित रहेका छन् । नेपालको सन्दर्भमा विकासका विभिन्न परियोजनाहरुले (विशेष गरी जलविद्युत तथा सडक विस्तार) आदिवासीलाई प्रत्यक्ष असर पु¥याई आफ्नो परम्परागत थातथलोबाट विस्थापित गरी घरबिहिन बनाएको यथार्थ हामी सामु जगजाहेर छ । काठमाडौं उपत्यकाको विभिन्न क्षेत्रमा गैरन्यायिक र अमानवीय सडक विस्तारले यहाँका नेवार आदिवासी गम्भीर रुपमा प्रभावित भएका छन् । राज्य आदिवासीको मानवअधिकार संरक्षणमा गम्भीर नरहेको अनुभुति गरिएको छ ।

विश्वको जुनसुकै कुनामा बसोबास गरेता पनि सम्पूर्ण आदिवासी समुदाय चरम गरिबी, अधिकारबिहिन र सिमान्तकृत अवस्थामा रहेका छन् । उनीहरुको न्याय र अधिकारप्राप्तिको लडाईमा लाहुर्निप ऐक्यबद्धता जाहेर गर्दछ ।

 

 

....................

शंकर लिम्बू

सचिव

Download File