अन्तत न्याय पाएका छन् 

  • Posted Date: November 05, 2018
  • Post By: LAHURNIP

कार्तिक १९, मंगोल मुलबासी राष्ट्रिय फोर्सका भूमिगत संगठनका १४ जना आदिवासीलाई चालाईएको संगठित अपराध मुद्दामा सफाई पाएका छन् । आज मिति २०७५ कार्तिक १९ गते माननीय न्यायाधीश श्री डा. श्रीप्रकाश उप्रेतीको इजलास दैनिक पेशी सूचीमा चढेको उक्त संगठित अपराध मुद्दामा उक्त फैसला भएको हो । उनीहरुलाई मिति २०७३ कार्तिक पहिलो हप्तामा विभिन्न स्थान र समयमा अपहरण शैलिमा पक्राउ गरिएको थियो । गैर कानूनी रुपमा थुना राखिएकोले बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतमा दर्ता गरेपछि मिति २०७३ कार्तिक ८ गते सार्वजनिक गरी विभिन्न मुद्दा चलाईएको थियो । 
मुद्दा लगाईएकोमा रुकुम जाङ–२ का उपेन्द्र घर्तीमगर, सिकैचा–२ का पृथ्वीनारायण लिम्बु, रामेछाप गाम्देल–१ का टेम्डी शेर्पा, पाँचथर पञ्चमी–३ का सचिन पालुङ्वा, खोटाङ सल्ले–५ का सुवास राई, सिन्धुपाल्चोक चौतारा–५ का रविन श्रेष्ठ, सिन्धुपाल्चोक चौतारा–५ कै टुल्के श्रेष्ठ सिन्धुपाल्चोक गोल्छे–४ का बनबहादुर स्याङ्बो, सिन्धुपाल्चोक गुम्बा–५ का अजय तामाङ, रोल्पा सिउरी–८ का रामबहादुर बुढा मगर, सिउरी–८ कै लोकबहादुर बुढामगर, सिउरी–९ का चन्द्रबीर घर्तीमगर, सिउरी–८ कै दुजमान घर्तीमगर र सिउरी ७ का जोगबहादुर घर्तीमगर रहेका छन् ।
उक्त मुद्दा २५ पटक सम्म दैनिक पेशी सुचीमा चढेको थियो । यस मुद्दामा नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)ले कानुनी सहयोग गरेको थियो । मानवअधिकार उल्लंघन तथा जातिय विभेद गरिएकोले राष्ट्रिय तथा अन्तराष्ट्रिय मानवअधिकार संस्थाका साथै यूएन सम्म यस विषयमा उजुरी गरी ति निकायहरुले सरकारलाई पत्रहरु पठाएको थियो । यस मुद्दामा सहयोग गर्ने सम्पुर्ण मानवअधिकारवादी संघसंस्था, व्यक्ति व्यक्तित्व तथा कानून व्यवसायीहरुलाई लाहुर्निप धन्यवाद व्यक्त गर्दछ र आज सफाई पाउने सबैलाई बधाई प्रकट गर्दछ ।