गैरन्यायीक सडक विस्तार विरुद्घको रिटमा सम्माननीय सर्वोच्च अदालतले रिट जारी

  • Posted Date: September 18, 2017
  • Post By: LAHURNIP

गैरन्यायीक सडक विस्तार विरुद्घको रिटमा सम्माननीय सर्वोच्च अदालतले रिट जारीको फैसला गरेको छ । आज असोज २ गतेको दैनिक पेसी सूचीमा माननीय न्या. केदार प्रसाद चालिसे, माननीय न्या. हरिकृष्ण कार्की तथा माननीय न्या. पुरुषोत्तम भण्डारीको पूर्ण इजलाशमा सो निर्णय सुनाईएको हो ।
विकासको नाममा गैर न्यायीकपूर्ण सडक विस्तार भएको भनी पीडितहरुले लामो समयदेखि आन्दोलन गरिआएका छन् । सोही क्रममा पीडितहरुले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए । उक्त रिटमा सडक विस्तार भन्दा पनि बैकल्पिक उपाय अपनाउन माग गरिएको थियो । यदि सडक विस्तार नै गर्नु परे उचित क्षतिपूर्ति तथा मुआब्जाको माग गरिएको थियो ।
यस मुद्दामा लाहुर्निपले कानूनी सहयोग प्रदान गर्दै आएको छ ।