सूचना

  • Posted Date: July 06, 2017
  • Post By: LAHURNIP

काठमाडौ उपत्यकामा गैर कानूनी रुपमा हुदै गरेको सडक विस्तारको पेशी आज पूर्ण ईजलासमा चढेको थियो । हेर्दा हेर्दैमा रहेको यो मुद्दा वृहत पूर्ण इजलासको कारण सुनुवाई हुन सकेन । कानूनले व्यवस्था गरेको उचित क्षतिपूर्ती तथा मुआव्जा नदिई सडक विस्तार गर्न लागिएको हो । काठमाडौ उपत्यकका विभिन्न स्थानका समुदाय एक भई सर्वोच्चमा रीट दर्ता गरेका छन् । सवै मुद्दा एकै प्रकारको हो भनी लगाबमा राखिएको छ । यस मुद्दामा नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)ले कानूनी सहयोग गर्दै आएको छ ।