सप्तरी घटना अपडेट

  • Posted Date: March 07, 2017
  • Post By: LAHURNIP

सप्तरी घटनामा सर्वसाधरण परेको जानकारीमा आएको छ । दिगम्वर यादव सप्तरी वार एसोसिएसनका सचिव, दैनिक कार्य सकि घर फर्कने बेलामा उनलाई गोली लागेको थियो । 
त्यस्तै ईन्द्र यादव जस्को बुवा वितेको १ हप्ता भएकोले आफ्नो संस्कार अनुसारको कार्य गर्नको लागि दही अर्डर तथा कार्ड छपाउन दिई फर्केदै थिए । बाटोमा बच्चालाई गोली लागी घाईते देखेर उठाउन खोज्दै गर्दा, उनलाई पेटमा आन्द्रा बाहिर आउने गरी गोली हानिएको थियो । उपचारको क्रममा  आन्द्राको ४ भागमा ३ भाग काटिएको छ । उनको फोक्सो र मुटुमा समेत समस्या देखिएको छ । उनको अवस्था गम्भीर र चिन्ताजनक छ । 
विरेन्द्र मेहेता भने खेतमा कार्य गरी रहेका थिए । उनको खेत कार्यक्रम स्थल भन्दा आधा किलोमिटरको दुरीमा रहेको थियो ।