सप्तरी घटनाकाे अनुगमन

  • Posted Date: March 07, 2017
  • Post By: LAHURNIP

धरान वि.पीं कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत घाइतेको ताजा विवरण
हिजो मिती २०७३ फाल्गुण २३ गते सप्तरी, राजविराजमा एमालेको मेचि महाकाली कार्यक्रमको सन्दर्भमा सुरक्षाकर्मीले चलाएको गोलीबाट मारिएका तथा घाइतेहरुको अवस्था निम्न बमोजिम रहेको छ । 
घाइतेहरु जम्मा १५ जना उपचारकालागि लगिएका मध्ये ३ जनाको मृत्यु भएका नाम निम्न प्रकारका छन् ।
मृतकहरु
(१) आनन्द शाह (ढाडमा गोली लागेको)
(२) पिताम्बर लाल मण्डल (छात्तिमा गोली लागेको)
(३) सन्जन मेहता (टाउकोमा गोली लागेको । गिदी केही पनि छैन ) 
हाल लास मर्चरीमा राखिएको
गम्भीर घाइते 
(१) इन्द्र यादव (पेटमा गोली लागेको)
(२) विरेन्द्र महतो (पेटमा गोली लागेको)
आन्द्राको अपरेशन गरि इन्द्र यादवलाई आई सी यु मा राखेको अवस्था चिन्ताजनक । विरेन्द्र महताेकाे अवस्था गम्भीर भएकोले निजलाई पनि आइ सी यु मा सारिदै )
उपचाररत 
(१) पशुपति यादव 
(२) अरुण कुमार यादव 
(३) दिनेश शाह 
(४) विरेन्द्र यादव 
(५) लक्ष्मण यादव 
(६) जग्गु शाह
अस्पतालका स्रोत अनुसार मृतकहरुको पोष्टमार्टम गरिएको छैन । लाहुर्निपका मानव अधिकार प्रतिरक्षकहरुले अस्पतालमा पटक–पटक गई सूचना लिइ रहनु भएको छ । 
लाहुर्निपले अस्पताललाई सहि ढंगले पोष्टमार्टम गरी रिपोर्ट निकाल्न अनुरोध गरेको छ । यसको निरन्तर अनुगमन गरिनेछ ।